काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो वयान हुँदैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको वयान हुनेछ ।
यसअघि तीन दिन लिइएको वयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो ।