logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्थलगत विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा छौंः अध्यक्ष हुमागाईं

    स्थलगत विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा छौंः अध्यक्ष हुमागाईं

    6.4K
    Shares
    स्थलगत विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा छौंः अध्यक्ष हुमागाईं

     

    काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन् । आईतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष हुमागाईंले यस्तो बताएका हुन् ।

    उनले स्थलगत विज्ञापनको लागि अझैपनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानून बनाएर लागू गर्ने बताए । अध्यक्ष हुमागाईंले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजश्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापन बापतको राजश्व ठेकदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको बताए । उनले विज्ञापनको राजश्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिएपनि ठेकेदारहरुले उठाइरहेको बताए । अध्यक्ष हुमागाईंले गाउँपालिका,नगरपालिका र सरकारबीचको समन्वयको कमीले गर्दा ठेकेदारबीचको द्वोन्द्वको चपेटा रहेको भन्दै विज्ञापन आचारसंहिताले समेट्न नसकेको बताए । उनले यसको लागि निर्वाचन अगाडि नै स्थलगत विज्ञापनको राजश्व स्थानीय सरकारले उठाउन पाउने गरी कानून मन्त्रीपरिषद्ले पास गर्ने बताए । उनले बोर्डले यो वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन गर्ने बताए ।

    अध्यक्ष हुमागाईंले बढीमा चार पाँच महिना भित्र डिजिटल मिडिया व्यवस्थापन गर्ने गरी काम भईरहेको बताए । उनले डिजिटल मिडिया व्यवस्थापनको लागि विज्ञापन संघ,विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोत्ताको ठूलो सहयोग भएपनि सरकारी कर्मचारीहरुको नै असहयोग रहेको बताए ।

    उनले भने,‘ विज्ञापन बोर्ड स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोकिनुपर्छ भन्ने पक्षमा छौं । यस्तो विज्ञापन बापतको राजश्व ठेकदारले उठाउनु हुँदैन । त्यो नियम लागू गर्छौं । हुन भनेर मैले झण्डा बोकेर हिड्न पाउँदिन । विज्ञापनको राजश्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिएको छ । हुन्न भन्यो अब विकल्प के त ? सरकारी एजेन्सी भएकाले विकल्प बिना बोल्न सक्दैनौं । गाउँपालिका,नगरपालिका र सरकारबीचको समन्वयको कारण र ठेकेदारबीचको द्वन्द्वको चपेटा व्यापक छ । यसलाई विज्ञापन आचारसंहिताले समेट्न सकिँदैन । यो विषयमा कानूनको विज्ञलाई हेर्न पठाएका र्छौं । बोर्डले संघीय मामिला मन्त्रालय मार्फत मन्त्रीपरिषद्मा पठाउने तयारी गरेका छौं । यो चुनाव भन्दा अगाडि नै मन्त्रीपरिषद्बाट पास हुन्छ ।

    बोर्डले यो वर्ष डिजिटल मिडियामा प्रहार गर्नेछौं । यो वर्ष बोर्डले डिजिटल मिडियाको व्यवस्थापन गर्छौं । कुनै न कुनै विधि विधान ल्याएर भएपनि डिजिटल मिडियाको व्यवस्थापन गर्छौं । बढीमा चार पाँच महिना भित्र काम सक्छौँ । विज्ञापन संघ,विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोत्ताको ठूलो सहयोग छ । तर सरकारी कर्मचारीहरुको नै असहयोग रहेको छ । उनीहरुलाई बुझाउन गाह्रो र चुनौती रहेको छ । यो वर्ष बोर्डले सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्न सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको छ । मिडियाले प्रचार गर्न छुटाउनु भएको छ । तत्काल यो विषय लागू हुँदैछ । हामीसँग १४ वटा एमएसो हो । यसलाई तीन दिन बाहिर गयौँ भने उठाउँछौं । तर समस्या टेलिभिजनबाट दर्शक घटिरहेको,कोभिडले गर्दा व्यापार थला परेकाले धेरै कडाइ नभएको हो । तर अति गरेपछि केहीलाई पत्राचार गरेका छौं । त्यसलाई बोर्डले नियन्त्रण नै गर्छाैं । विदेशी विज्ञापन गर्न नपाउने व्यवस्था कार्यान्वय गर्र्छाैं । डविङ विज्ञापन बोर्डले रोकेको छ । यदी काहीँ डविङ विज्ञापन बजेको छ भने खबर गर्नुस् हामी त्यसलाई कारबाही गर्छौं ।’

    अध्यक्ष हुमागाईंले बोर्डको पहलमा चालु आर्थिक वर्ष देखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्ने पाउनेगरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताए । उनले मिडियाको बिलबाट नै भुक्तानी पाउने नियम तत्काल लागू हुने बताए । त्यस्तै अध्यक्ष हुमागाईंले विदेशी विज्ञापन तत्काल नियन्त्रण गर्नपनि बताए । उनले डविङ विज्ञापन बोर्डले रोकेको भन्दै यदि कही डविङ विज्ञापन बजेको छ भने खबर गर्न व्यवसायीहरुसँग आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend