logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अध्यक्ष ली चान्शु र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    अध्यक्ष ली चान्शु र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    6.5K
    Shares
    अध्यक्ष ली चान्शु र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

    सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनिहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

    भेटका क्रममा अध्यक्ष लीले नेपाल र चीन बीच रहेको सुमधुर सम्बन्धको चर्चा गदै नेपाल चीनको एक असल छिमेकी रहेको बताए । भेटवार्तामा एमाले अध्यक्ष ओलीले लीको नेपाल भ्रमण सफल र फलदायी हुने विश्वास व्यक्त गरे ।

    भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend