काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।
नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।
महानगरले न्यू बिहान किचेन स्टोर्स र टपरी मःम पसलको भत्काएको छ ।