logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले मसल भएको अभिमन्यु हो, सत्तारुढ दल कागजको बाघः अध्यक्ष ओली

    एमाले मसल भएको अभिमन्यु हो, सत्तारुढ दल कागजको बाघः अध्यक्ष ओली

    6.9K
    Shares
    एमाले मसल भएको अभिमन्यु हो, सत्तारुढ दल कागजको बाघः अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई मसल भएको अभिमन्यु र सत्तारुढ दलहरुलाई कागजको बाघको संज्ञा दिएका छन् ।

    माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियार लगायतलाई बिहीबार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेलाई सहजै पराजित गर्न नसकेपछि गठबन्धन गरेर, अदालत गएर परमादेश जारी गराएको बताए ।

    ओलीले भने, ‘आजको अभिमन्यु नेकपा एमाले, त्यसबेलाको जस्तो कलिलो अभिमन्यु होइन । यो त ठूला ठूला मसल भएको अभिमन्यु हो । यो चक्रव्यूह तोड्ने, भित्र पस्न र त्यहाँ फोडेर बाहिर निस्कन पनि जान्दछ ।’

    उनले गठबन्धनमा आवद्ध दलहरुलाई भने कागजको बाघ मात्र भएको बताए । कोही पनि एमालेसँगै एक्लै लड्न तयार नभएको भन्दै ओलीले भने, ‘अहिले जसले आफूलाई महारथी भन्ने ठानेका छन्, तिनीहरु कागजका बाघ मात्र हुन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend