काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो ।
समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र ओमप्रकाश अर्याल बैठकमा उपस्थित भएका छन् ।