logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महाअभियोग सिफारिस समितिको बैठक जारी

    महाअभियोग सिफारिस समितिको बैठक जारी

    6.4K
    Shares
    महाअभियोग सिफारिस समितिको बैठक जारी

     

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ ।

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरु चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायत छन् ।

    महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरुलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरुलाई बोलाउने भनिएपनि न्यायाधीशहरुले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरु भने समितिमा गएका हुन् ।

    समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफुसँग पदको बार्गेनिङ गर्न आएको आरोप mगाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend