काठमाडौं । काठमाडौं महानगरपालिकाले थापागाउँ तथा हनुमानस्थान क्षेत्रका अनधिकृत संरचनामा पनि डोजर चलाएको छ ।
सो क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा महानगरले डोजर चलाएको हो ।
६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।
बिहान महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।