काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमेशर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।
१७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मिनबहादुर विश्वकर्माले बताए । शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए ।
उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको उनले बताए । सदस्य विश्वकर्माले कसैको उक्सावटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशंका व्यक्त गरे ।