logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केपी ओलीलाई प्रधानमन्त्री देउवाको जवाफः परमादेशकै कारण सँगै बसेर काम गर्न पायौं

    केपी ओलीलाई प्रधानमन्त्री देउवाको जवाफः परमादेशकै कारण सँगै बसेर काम गर्न पायौं

    6.8K
    Shares
    केपी ओलीलाई प्रधानमन्त्री देउवाको जवाफः परमादेशकै कारण सँगै बसेर काम गर्न पायौं

     

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर काम गर्ने मौका पाएको जवाफ दिएका छन् । आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको जिकिर गरेका हुन् ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे ।

    दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।

    ‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ रु हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’

    देउवाले मंसिर ४ गते निष्पक्ष शान्तिपूर्ण निर्वाचन गराउन सरकारले भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे । यस्तै अछाम, दार्चुला लगायतका विभिन्न जिल्लामा भएको बाढी पहिरो प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने बताए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend