काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनवामा हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन् । आज (शनिबार) संसदको चालु अधिवेशन अन्त्यको दिन आफ्नो भनाइ राख्दै ओलीले चुनाव गराउने काम निर्वाचन आयोगको भएको बताए ।
‘निर्वाचनको मिति घोषणा भएपछि चुनाव निर्वाचन आयोगले गर्ने हो । सरकारले होइन,’ ओलीले भने, ‘सरकारले निर्वाचन आयोगलाई सघाउने हो । हस्तक्षेप गर्ने भूमिका मनासिब हुँदैन, पाउँदैन त्यतापट्टी म सजग गराउँन चाहान्छु ।’
उनले राष्ट्रिय आवश्यकताविपरित किर्तिम संसदीय अंक गणित खडा गरिएको पनि बताए ।