काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले महाभियोगको प्रकृयामा विलम्ब गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सफाइ दिएको टिप्पणी गरेका छन्। एमाले सतिवालयको बैठक पछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘महाभियोगको सवालमा सत्तापक्षले गणितीय खेल र षडयन्त्र गरिराख्यो। दुःखको कुरा हो। हिजो संसद्को अधिवेशन सकियो। अधिवेशन मात्र सकिएन यो संसद्को कार्यकाल नै सकियो। यसो भइसके महाभियोग पारित भएन भने त्यो कुरा सकियो।
सत्तापक्ष आफैंले खनेको खाल्डोमा आफैं परेर चोलेन्द्रलाई सफाइ दिएको ओलीको टिप्पणफी छ।
उनले भने – ‘यो संसदको कार्यकाल नै सिद्धियो । यसो भइसकेपछि त्यो महाअभियोगको प्रश्ताव पारित भएन । दर्ता भयो र पारित भएन भने त्यो पारित भएन भनेपछि त कुरा सिद्धियो, त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । विलम्व गरेर सफाइ दियो । प्रक्रिया अगाडी नबढाएर सफाइ दियो । आफूले खनेको खाल्डोमा आफैँ परेर सफाइ दियो । अथवा आफैँले थापेको पासोमा आफैँ परेर सफाइ दियो त्यो ऊ जानोस् । सफाइ त दियो । अथवा पारित गरेन ।’