logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हट्यो

    कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हट्यो

    2K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो ।

    नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको जानकारी दिए ।

    ‘उहाँको नाम पहिले खस आर्यबाट १ नम्बरमा थियो । पछि उहाँले मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’ ढकालले भने । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो ।

    त्यसलगत्तै महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै, आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार रहेको बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend