काठमाडौं । अभिनेता सलोन बस्नेतको विवाहको मिती तय भएको छ । उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह मंसिर १२ गते गर्न लागेका हुन्। ‘हामी मंसिर १२ गते बिहे गर्दैछौं। तर अहिलेसम्म कुन ठाउँमा बिहे गर्ने भन्ने पक्का भएको छैन। कुन होटलमा गर्ने भनेर बुझ्दैछौं,’ उनले भने।
उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा छन्। करिश्मा नेपाल एयरलाइन्सको एयर होस्टेस हुन्। अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन्। छोराको विवाह हुन लाग्दा आफू खुशी भएको निर्देशक शोभितले बताएका छन्।
अभिनेता सलोन आगामी फिल्म ‘मीलन’को प्रदर्शनको पखाईमा छन्। यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ। सलोनले नेपाली बाबु बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए। उनले होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाडाँको वरपीपल, बाबु कान्छा लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।