काठमाडौं । मनकामना दर्शनको लागि गएको बस दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा रम्भा गाउँपालिका १ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको डिएसपी पाठकले जानकारी दिए ।
घाइतेको नामावली :
१.बस चालक, पाल्पा रामपुर नगरपालिका ३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कुमार श्रेष्ठ
२.बस सहचालक, रामपुर ४ बेझाडका वर्ष २४ का साजन श्रेष्ठ
३.रम्भा गाउँपालिका १ बस्ने वर्ष ४ का अंकित सुनार
४.रम्भा १ का वर्ष १० का कृष्ण केवट
५. रम्भा १ बस्ने वर्ष १८ को प्रविण सुनार
६.रम्भा १ बस्ने बस्ने वर्ष २० का रामबहादुर विक,
७.रम्भा १ बस्ने वर्ष २१ की रिता विक
८.रम्भा १ बस्ने वर्ष २५ का कासीराम विक
९.रम्भा १ बस्ने वर्ष २० का बिशाल विक
१०.रम्भा १ बस्ने वर्ष १ की आइसा विक
११ं रम्भा १ बस्ने वर्ष १६ का अविनाश विक
१२.रम्भा १ बस्ने वर्ष ७ की पुष्पा विक
१३.रम्भा १ बस्ने वर्ष ४७ का मेघनाथ विक
१४.स्याङ्जा गल्याङ नगरपालिका ९ बस्ने वर्ष २५ की दिलमाया राना
१५.स्याङ्जा गल्याङ ९ बस्ने वर्ष ३ का रविन राना
१६ं पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा विक
१७. रम्भा १ बस्ने वर्ष १५ की रिमा विक
१८. रम्भा १ बस्ने वर्ष ३२ की सन्जु सुनार
१९. रम्भा १ बस्ने वर्ष ३८ को प्रेम बहादुर सुनार
२०.रम्भा १ बस्ने वर्ष २० को आषिश सुनार
२१.रम्भा १ बस्ने वर्ष २० को बिजय विक
२२.रम्भा १ बस्ने वर्ष ३६ की माया विक
२३.स्याङजा गल्याङ ८ बस्ने वर्ष ३५ को मनोजकुमार विक
२४.गल्याङ ९ बस्ने वर्ष ३० की सरिता माझी
२५.गल्याङ ८ बस्ने वर्ष ३० की उमाकुमारी विक
२६.गल्याङ ९ बस्ने वर्ष ३१ को रामु राना
२७.पाल्पा रम्भा १ बस्ने वर्ष १२ की अस्मिता सुनार
२८.रम्भा १ बस्ने वर्ष ४७ को ओमबहादुर विक