logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आचारसंहिता उल्लंघन गर्ने बढे

    आचारसंहिता उल्लंघन गर्ने बढे

    1.9K
    Shares
    आचारसंहिता उल्लंघन गर्ने बढे

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ ।

    निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो ।

    निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ ।

    आयोगले मंगलबार आचारसंहिता उल्लंघन गर्ने विभिन्न पक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend