logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा सन्यास घोषणा

    नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा सन्यास घोषणा

    2.3K
    Shares
    नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा सन्यास घोषणा

     

    एजेन्सी । नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफन माइबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । नेदरल्यान्ड्सका लागि आईसीसी टी–ट्वान्टी विश्वकप खेलेका स्टेफनले प्रतियोगितापछि सन्यास घोषणा गरेका छन् ।

    उनले अब परिवारसँग समय बिताउनका लागि आफूले सन्यास लिएको बताए । ३८ वर्षीय स्टेफनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले २२ एकदिवसीय र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । प्रिटोरियामा जन्मिएका उनले सन् २००६ मा आफ्नो क्रिकेट करियर सुरु गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend