काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने दाबी गरेका छन्। बिहीबार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
ओलीले नेकपा एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको दाबी गरे। सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनले गुनासो समेत गरे।
उनले भने, ‘अब चुनावपछि गर्छौं। म आइपुग्दा पनि यहाँहरुले नारा लगाइराख्नु भएको थियो। मंसिर ४ ओली सरकार। मंसिर ४ पछि एमालेले सरकार बनाउँछ। बनाउनैपर्छ। किनकी हामीले एमालेकै सरकार किन चाहियो भन्ने पुष्टि गर्नुछ।’