logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मतदातालाई धनराजको आग्रह-भ्रष्टाचार नगर्नेलाई मत दिनुस् (भिडिओसहित)

    मतदातालाई धनराजको आग्रह-भ्रष्टाचार नगर्नेलाई मत दिनुस् (भिडिओसहित)

    1.6K
    Shares
    मतदातालाई धनराजको आग्रह-भ्रष्टाचार नगर्नेलाई मत दिनुस् (भिडिओसहित)

    स्याङजा । गठबन्धनको तर्फबाट स्याङजा क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङले आफुसँग देश बनाउने मात्रै स्वार्थ रहेको बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा उम्मेदवार गुरुङले भ्रष्टाचार निर्मुल पार्न संसदमा सशक्त भुमिकामा रहने बताउँदै आफुसँग कुनै स्वार्थ छ भने त्यो देश बनाउने र समुन्नत नेपाल निर्माण गर्ने मात्रै स्वार्थ रहेको उल्लेख गरेका हुन् ।

    नेपाली कांग्रेसको केन्द्रीय उपसभापति समेत रहेका गुरुङले आफुले निरन्तर भ्रष्टाचारको विरोध गर्दै आएको बताउँदै ठुला नेताहरुको पनि सम्पत्ति छानविन गर्नुपर्ने बताए । ‘ठुला भ्रष्टाचारको फाईल खोल्नका लागि अख्तियारलाई गुहार्ने व्याक्ति मै हो ।’ उनले भने ‘नेताहरुको सम्पतिको छानविन गर्नुपर्छ र त्यसको सुरुवात धनराज गुरुङबाटै हुनुपर्छ भन्ने व्याक्ति मै हो ।’

    जवसम्म नेताहरुले भ्रष्टाचार गर्छन् तबसम्म देश नबन्ने भन्दै आफ्नो मुख्य एजेण्डानै आफुले भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने रहेको स्पष्ट पारे । उनले भ्रष्टाचार नगर्ने उम्मेदवारलाई मत दिन अपिल गरे । स्याङजा २ मा ‘हेवीवेट’ प्रतिस्पर्धा हँदैछ । धनराज गुरुङसँग एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल भिड्दैछिन् । यी दुई बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    हेर्नुहोस् भिडिओ  :

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend