logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पटक–पटक जनता झुक्याएर देश बेच्नेलाई फेरि भोट दिनुहुन्छ भने तपाईंहरु पनि देश बेचुवा होः कुन्ती पोख्रेल

    पटक–पटक जनता झुक्याएर देश बेच्नेलाई फेरि भोट दिनुहुन्छ भने तपाईंहरु पनि देश बेचुवा होः कुन्ती पोख्रेल

    2.3K
    Shares
    पटक–पटक जनता झुक्याएर देश बेच्नेलाई फेरि भोट दिनुहुन्छ भने तपाईंहरु पनि देश बेचुवा होः कुन्ती पोख्रेल

    काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले माओवादी यो देशको समस्या भएको आरोप लगाएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको उपत्यकाव्यापी आमसभामा बोल्दै बोल्दै उनले यस्तो बताएकी हुन् ।

    सभामा उनले भनिन्, ‘मलाई त्यति अरुको कुरा काट्ने मन त थिएन तर पनि एमालेलाई सिध्याउन खोजको माओबादिले अव कांग्रेस सिध्याउँछ ।’ उनले यसो भनिरहँदा नेपाली कांग्रेसका आममतदाताले माओबादीलाई भोट हाल्ने बेलामा सचेत बनाउन खोजेकी थिइन् ।

    यो बेला उनले नेपाली कांग्रेसका आम कार्यकर्तालाई सचेत बनेर भोट हाल्नुपने बताएकी थिइन, अघिल्लो आम निर्वाचनमा एमाले माओबादिको संयुुक्त एलाइन्स भएको थियो त्यो बेला प्रचण्ड र एमालेका नेताहरुले मिलेर केपि ओलिलाइृ पार्र्टीबाट निश्कासन गरेका थिए र एमाले पार्र्टी फुुटेर नेकपा एकिकृत समाजबादी पार्टी बनेको थियो । त्यसको परिणामा स्वरुप केपी ओलिको सरकार ढलेको थियो । यही प्रसंगलाइ लिएर उनले एमाले सिध्याउने पार्र्टीले कांग्रेस सिध्याउने खेल खेल्ने माओबादिलाई भोट नहाल्न अपील गरेकी थिइन् ।

    कार्यक्रममा बोल्दै उनले नेपालको धर्म सस्कृतिको रक्षा नेपालको राष्ट्रियता तथा सार्वभौमिताको रक्षाका लागि आफूजस्तोसुकै त्याग तपस्या र बलिदानी गर्न पछि नहट्ने भन्दै सवैलाई ‘हलो’ चिन्हमा मतदान गर्न आवह्वान गरेकी छिन् । आफू उद्यमी तथा समाजसेवी भएकाले पनि कतिपय विषयमा हासिल गरको नलेजलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन । उनले आफुले नेपालका युवाहरुको लागि रोजगार निर्माण गर्ने प्रतिवद्धता जनाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend