काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसलाई पनि मन्त्री बनाउँछु भन्दै हिँडेको बताएका छन् । आज कालिकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले प्रचण्ड अव्यवहारिक कुरा गर्दै हिँडेको आरोप लगाए । ‘कतिजना मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन्। हरिबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु। रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु‘ शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो।’