काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौैं क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा नगरपालिका र शखंरापुर नगरपालिकामा नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताएकी छिन् । शंखरापुरमा आममतदाता भेलालाई सम्वोधन गर्दै पोख्रेलले यस्तो बताएकी हुन् ।
उनले यस क्षेत्रमा पर्याप्त मात्रामा खाली ठाउँहरु छन्, सरकारी तबरबाट खोलिने ठूला–ठूला कलेज यहाँ खोलेर नेपालमा नै उत्कृष्ट सरकारी शिक्षा दिन सकिने उनले उल्लेख गरेकी छिन् । शिक्षा समाज बदल्ने महत्वपूर्ण र प्रथम विषयवस्तु भएको कारणले त्यसको लागि पर्याप्त मात्रामा खाली ठाउँ भएकाले ठूला–ठूला संरचना खेलकुद ग्राउण्ड तथा पर्याप्त मात्रामा प्राक्टिल गर्ने ठाउँ चाहिने भएकोले यो क्षेत्र उपयुक्त रहेको बताएकी हुन् । उनले नेपालमा पनि ठूला–ठूला संरचना भएका स्कुल कलेज छन् । यहाँ पनि अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा दिन सक्ने प्रकारको संरचना बनेको छ भन्ने प्रकारको हाम्रो पनि गौरव रहनुपर्नेमा जोड दिइन् । म यहाँ विभिन्न प्रकारका कलेज तथा राम्रा स्कुलहरु सरकारी तवरबाट खोल्नका लागि म पहल गर्ने छु मलाई हलोमा भोट हालेर जिताउनुहोस् ।
आज उनले नेपालको शिक्षाको अवस्था एकदमै दयनीय बनेको बताउँदै नेपालको शिक्षालाई गुणरस्तरीय बनाउने धनी गरिबले पढ्ने शिक्षा एउटै हुने सरकारी शिक्षा पनि अन्तर्राष्ट्रियस्तरको हुने र सीप, अध्ययनपछि रोजगारको ग्यारेन्टी हुने शिक्षा आवश्यक रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘हामी पनि त कम छैनो नेपाललाई हरेक प्रकारले सीप र क्षमतामूलक शिक्षाको आवश्यक्ता छ । अब हामी हाम्रो समाजको लागि आत्मनिर्भर हुने शिक्षा दिन आवश्यक भएकाले त्यसको लागि मरिमेटेर लागिपर्ने छु ।’