काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ ।
बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
२२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रूपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।