रुपन्देही । रुपन्देही क्षेत्र नं.१ को मतगणना जारी छ । रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा १० हजार ३४३ गणना भएको छ । जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्माले २ हजार ३३८ मतसहित अग्रता कायम गरेका छन् । त्यस्तै स्वतन्त्र घनश्याम भुसालले १ हजार ८०२ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीले १ हजार २२६ र नागरिक उन्मुक्ति पार्टीले १ हजार ८७३ मत प्राप्त गरेका छन् ।