logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हरुवा मन्त्रीहरुले राजीनामा नदिनु लज्जास्पद, स्वार्थका पेन्डिङ फाइल सदर गर्ने खतरा

    हरुवा मन्त्रीहरुले राजीनामा नदिनु लज्जास्पद, स्वार्थका पेन्डिङ फाइल सदर गर्ने खतरा

    4.2K
    Shares
    हरुवा मन्त्रीहरुले राजीनामा नदिनु लज्जास्पद, स्वार्थका पेन्डिङ फाइल सदर गर्ने खतरा

    काठमाडौं । शेरबहादुर देउवा सरकारका रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको महामन्त्री पदबाट पराजय भएपछी नैतिकताको कारण देखाउदै  मन्त्री पदबाट राजीनामा दिए । तर त्यहिँ मन्त्रीपरिषदका मन्त्रीहरुले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जनताबाटै अस्वीकृत हुँदा पनि अहिलेसम्म राजीनामा दिएका छैनन्।

    बहालवाला मन्त्री पराजित  हुनु भनेको जनताको विश्वास गुमाउनु मात्र हैन र उनीहरुको कामबाट जनता सन्तुष्ट छैनन् भन्ने कुराको स्पष्ट सन्देश हो। निर्वाचनमा पराजित भएपछि तत्काल पदबाट राजीनामा दिनु सामान्य राजनीतिक नैतिकताभित्र पर्ने कुरा हो। तर देउवा सरकारका मन्त्रीहरुले अहिलेसम्म नैतिकता देखाएका छैनन्।

    राजनैतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसी ‘लोकतन्त्रमा पराजयलाई स्वामित्वमा लिने अभ्यास हुन्छ तर हाम्रा पराजित मन्त्रीले अहिलेसम्म राजीनामा नगर्नु लज्जास्पद भएको बताउछन।’  विगतमा चुनावी आचारसंहिताका कारण आफ्नो स्वार्थका पेन्डिङ फाइल सदर गर्न राजीनामा नदिएर बसेको हुनसक्ने आशंका उनले व्यक्त गरे । त्यसरी लज्जास्पद हार बेहोरेका मन्त्री पदमा टाँसीएर बस्नु अनौठो छ । उनले भने।

    प्रतिनिधि सभाको निर्वाचनमा  बहालवाला ६ मन्त्री पराजित भएका छन् । गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन् ।
    खाणसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन् । तर प्रतिनिधि सभामै पराजित भएका मन्त्रीहरुले अझैसम्म पनि राजिनामा दिएका छैनन् । पम्फा भूसाल, जीवनराम श्रेष्ठ र उमेश श्रेष्ठको त लज्जास्पद पराजय भयो ।

    प्रधानमन्त्रीसहित वर्तमान सरकारका ६ मन्त्री निर्वाचित भएका छन् ।  दुई जनाको अन्तिम नतिजा आउन बाँकी छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी भएका छन् । उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गरेका छन । निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी भए । उनले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गरे ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी भए । निकटम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गरे ।

    अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भए । उनले ३९ हजार पाँच सय ४९ मत प्राप्त गरे । सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी भए । उनले एमालेका शान्ता चौधरीलाई पराजित गरे ।
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी भएका छन् ।

    गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले उदयपुर क्षेत्र नम्बर २ बाट करिव २ हजार मतसहित अग्रता लिएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले अगाडि छन् । तर, मतगणनामा धाँधली भएको भन्दै मन्त्री आफैले मतगणना अवरुद्ध पारेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend