logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निर्वाचनपछि आज सेयर बजार ३२ अंकले बढ्यो, कारोबार २ अर्ब माथि

    निर्वाचनपछि आज सेयर बजार ३२ अंकले बढ्यो, कारोबार २ अर्ब माथि

    1.3K
    Shares
    निर्वाचनपछि आज सेयर बजार ३२ अंकले बढ्यो, कारोबार २ अर्ब माथि

    काठमाडौं । निर्वाचनको मतगणना सकिनै लाग्दा साताको पहिलो दिन आज सेयर बजार ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। आज कारोबार पनि २ अर्ब रुपैयाँ बढीको भएको छ।

    यसदिन २२३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर  २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँमा कारोबार भयो। ३१ हजार ९३ पटक सेयर कारोबार भयो।

    आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटा रातो पोतिएको छ। आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट  लागेन।

    कारोबार रकमका आधारमा  यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड ४ लाख ७ हजार ११९ रुपैयाँको सेयर कारोबार भयो। आज डिप्रोक्स लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढी उकालो लागेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend