विराटनगर । नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । ठूलो पार्टी भएकाले अहिलेकै सत्ता गठबन्धनको नेतृत्व गर्दै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनले बताए ।
उनले एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने र संसदको संख्या थपिने विश्वास लिएका छन् ।
उनले संसदीय दलको नेताको विषयमा भने खुलेर बोल्न चाहेनन् । विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँगको भेटघाटमा संसदीय दलको नेताको अंकगणितको खेल भएकाले अहिले नै म बन्छु भनेर बोल्ने बेला नआएको समेत उनले बताए ।