logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दिल्लीमा चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध

    दिल्लीमा चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध

    1.5K
    Shares
    दिल्लीमा चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध

    एजेन्सी । दिल्लीमा नगरपालिकाको चुनावलाई ध्यानमा राख्दै चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

    दिल्ली नगर निगमको २५० वडाका लागि डिसेम्बर ४ मा चुनाव हुन लागेपछि अन्तःशुल्क विभागले तीन दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो। चुनावको नतिजा डिसेम्बर ७ मा आउनेछ।

    समाचार एजेन्सी पीटीआईका अनुसार अन्तःशुल्क विभागले मतगणनाको दिन पनि ‘ड्राइ डे’ हुने जनाएको छ।

    दिल्ली एक्साइज कमिश्नर कृष्ण मोहन उप्पुले बुधबार जारी सूचनामा डिसेम्बर २ देखि ४ र डिसेम्बर ७ ‘ड्राइ डे’ हुने बताएका छन्।

    यी चार दिन सरकारले पसल, क्लब, बार आदिमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ।

    यो क्रम डिसेम्बर २ मा साँझ ५ः३० बजेदेखि डिसेम्बर ४ साँझ ५ः३० बजेसम्म जारी रहनेछ। यससँगै ६ डिसेम्बर मध्यरात १२ देखि ७ डिसेम्बर मध्यरात १२ सम्म लागू हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend