logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उपत्यकाबासीलाई बाह्रै महिना पानी खुवाउँछुः खानेपानीमन्त्री चौधरी

    उपत्यकाबासीलाई बाह्रै महिना पानी खुवाउँछुः खानेपानीमन्त्री चौधरी

    1.9K
    Shares
    उपत्यकाबासीलाई बाह्रै महिना पानी खुवाउँछुः खानेपानीमन्त्री चौधरी

    काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी काठमाडौं उपत्यकामा पुनः वितरण गर्न सुरु गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार एक कार्यक्रमबीच पानी वितरण कार्यको पुनः शुभारम्भ गरे । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो ।

    गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरू भएको थियो । बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो । यसपटकको बाढीले हेडवक्र्स बक्ससम्मको पहुँचमार्गमा क्षति पुगेको थियो । मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अस्थायी रुपमै भएपनि काठमाडौं उपत्यकाबासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाए ।

    उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिनुहुँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend