logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

    विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

    1.4K
    Shares
    विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

    काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशिल र उत्तरदायी बनाउन जोड दिएका हुन् ।

    विज्ञापनको असर समाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्ने बताए । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्नु नहुने बताए । उनले विज्ञापन बजारलाई लैङ्गिकमैत्री बनाउनुपर्ने बताए । उनले आगामी दिनमा विज्ञापन बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पारे ।

    युएनडिपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरी प्रशारण हुने विज्ञापन लैङ्गिक संवेदनशील होस् भनेर काम गरिरहेको बताए । उनले विज्ञापनले समाजमा छिट्टै असर गर्ने भएकोले निर्माणको चरणमा नै विज्ञापन लैङ्गिक उत्तरदायी भए नभएको हेर्नुपर्ने बताए । उनले खराब विज्ञापनले समाजमा पु¥याउने क्षति कम गर्न सकिने उपायको खोजि गर्नुपर्ने बताए । विज्ञापनलाई लैङ्गिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्ने बताए ।

    उनले युएनडिपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि बताए । युएनडिपी र विज्ञापन बोर्डले नेपाली बजारका लागि विज्ञापन बनाइरहेका अवधारणा निर्माता, रचनात्मक लेखक, रचनात्मक निर्देशक भिडियो निर्मातासँग निरन्तर छलफल गर्ने बताएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend