बुटवल । लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट दुई महिनाको अवधीमा ६१ लाखभन्दा बढी रकम संकलन भएको छ। यसअघि गत असोज ३० गते तीन महिना संकलन भएको दानपेटिकाबाट २७ लाख १८ हजार रकम गणना भएको थियो।
यसपटक दुई महिनामै ६१ लाख २० हजार ८ सय ६ रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले यसअघि हरेक तीन/तीन महिनामा दानपेटिकामा संकलन भएको रकम गणना हुने गरेकोमा यसपटक दानपेटिका छिटो भरिएपछि दुई महिनामै गणना गरिएको बताए।
विकास कोषले गत सोमबारदेखि रकम गणना सुरू गरेकोमा शुक्रबार गणना सम्पन्न गरेको हो।