काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि सेटिङ र लेनदन सुरू भएको बताएका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले सरकार निर्माणका लागि स्पष्ट बहुमत नल्याउँदा नयाँ सरकार बनाउन लेनदन सुरू भएको बताएका हुन्।
‘‘लोकतन्त्रमा सरकार गठनका लागि अन्यौलता हुनु राम्रो होइन। तर लोकतन्त्र कमजोर हुँदा यो परिस्थितिमा आइपुग्यो। सात वटा त राष्ट्रिय दलनै छन्। सरकार गठन कुनै उद्धेश्य वा विकासका लागि होइन लेनदेन र सेटिङमा भइरहेको छ,” उनले भने।
सरकार गठनको संवाद पदमा केन्द्रित रहेको उनले बताए।