logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

    सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

    1.3K
    Shares
    सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

    नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो ।

    जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताए । उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइने उल्लेख गरे ।

    जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्णा भण्डारीले गुणस्तरीय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिए । उनले विद्यार्थीको पठनपाठन सीप क्षमतालाई वृद्धि गर्न नियमित कार्यक्रमको रुपमा सञ्चालन भएको बताए ।

    शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठापाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताए ।
    शिक्षक मुगा लम्सालले अभिभावकको ‘गाइडलाइन’को अभावले पनि बालबालिकाले कमजोर प्रदर्शन गरेको र शिक्षामा उनीहरुलाई सक्षम बनाउन अभिावक नै चनाखो हुनुपर्ने बताए ।

    आधारभूत तह कक्षा १ देखि ३ सम्मको पढाइ मेलामा गाउँपालिकाका ३० विद्यालयका करिब तीन सय विद्यार्थी सहभागी थिए । मेलामा विद्यार्थीको सीप र क्षमताको अवस्थाबारे बुझ्न पुस्तकमा उल्लेख गरिएको विषयवस्तु अध्ययन गर्न लगाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend