logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रोत्साहन भत्ता दिँदै कर्णाली सरकार

    प्रोत्साहन भत्ता दिँदै कर्णाली सरकार

    1.6K
    Shares
    प्रोत्साहन भत्ता दिँदै कर्णाली सरकार

    सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दी तथा करारमा कार्यरत कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।

    प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् ।

    यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ । मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।
    – न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend