logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • खेलकुद विकासलाई गिज्याइरहेका संरचना [फोटोफिचर]

    खेलकुद विकासलाई गिज्याइरहेका संरचना [फोटोफिचर]

    1.9K
    Shares
    खेलकुद विकासलाई गिज्याइरहेका संरचना [फोटोफिचर]

    त्रिपुरेश्वर । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरूमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ ।

    नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए । यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर फ्यानहरूका लागि त्यो पनि सन्तोषजनक छैन ।

    दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन । हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमानेपाल पराजय व्यहोर्न बाध्य भयो ।

    साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा नकाल्न सकेको छैन । खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरू पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् ।

    खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढीरहेको नेपालमा भएका केही संरचनाहरूको समेत उचित संरक्षण र संवद्र्धन हुन नसक्नु दुःखद् हो ।

    यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरू बाध्य बनेका छन् । भत्केका संरचनाहरू बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरू चनाखो देखिँदैनन् ।

    संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ । सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरू बिग्रिँदै गएका छन् ।

    त्रिपुरेश्वरस्थित स्विमिङ पुल । भुकम्पले भत्केपछि यो स्विमिङङ पुल अलपत्र छ ।
    सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु ।
    रंगशालामा फ्याकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट ।
    जावलाखेल फुटवल ग्राउण्ड ।
    पुल्चोकको एक चौरमा फुटवल खेल्न लगाइएको जाली ।
    पुल्चोक क्रिकेटको पिचसँगै युवकहरु फुटवल खेल्ने तयारीमा ।
    काठमाडौंको मुलपानीको क्रिकेट रंगशालामा पानी पसेपछि मिलाइदै ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend