काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले विभाजन नगरेको बताएका छन्। ओलीले योजनावद्ध रुपमा पार्टी विभाजन गरिएको दाबी गरे।
एमालेको प्युठान–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, “नेकपा नामको पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएकाले अदालतले नयाँ नाम लिएर आउन भनेको थियो।”
उनले भने “पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालहरूले फुटाएको हो, सर्वोच्च अदालतले फुटाएको होइन।”