काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण लिने राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रतिनिधिसभाका एक सय ६९ सांसदसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका थिए । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।