logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सत्ता साझेदार दलको बैठक सकियो, केपी ओली बने संयोजक

    सत्ता साझेदार दलको बैठक सकियो, केपी ओली बने संयोजक

    1.5K
    Shares
    सत्ता साझेदार दलको बैठक सकियो, केपी ओली बने संयोजक

    काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

    न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए । उनले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताए ।

    उनले भने, ‘सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम तय गर्ने, ५ दिनभित्र न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्युनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्युलाई अघि बढाउने नर्णय भयो । मन्त्रीमण्डल बिस्तारका विषयमा छलफल भयो । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’

    गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्नेकुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend