काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।
बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।
यसअघि पनि अध्यक्ष माधव नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए ।