logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सेयर बजार परिसूचक नेप्से १७ अंकले बढ्यो

    सेयर बजार परिसूचक नेप्से १७ अंकले बढ्यो

    1.2K
    Shares
    सेयर बजार परिसूचक नेप्से १७ अंकले बढ्यो

     

    काठमाडाै‌ । लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो ।

    तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । आइतबार ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

    आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज म्यानु एण्ड प्रो, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज १०/१० प्रतिशतले कमाएका छन् भने एनएमबी५० का लगानीकर्ताले ४.८० प्रतिशतले गुमाउन पुगेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend