काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तत्काल सरकारमा नजाने निर्णय गरेकाे छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निर्णय गरेको हो ।
आईतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सोमवारका लागि पार्टीको पोलिटब्युरो बैठक बसेको थियो । पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा पार्टी सरकारमा नजाने भएको हो ।
तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने बताइएको छ । सोमबारको बैठकमा २० जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेका थिए ।
सरकारमा सहभागी हुन कुनै पनि औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको बताउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा छलफल भएको छ ।’