logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन अध्यक्ष धितालको माग

    विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन अध्यक्ष धितालको माग

    1.6K
    Shares
    विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन अध्यक्ष धितालको माग

    काठमाडौं । नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष धितालले विज्ञापनसम्बन्धी सानातिना टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्नपनि आग्रह गरे । उनले विज्ञापन बोर्डमा बजेटको अभाव भएको भन्दै सरकारले बजेट अभावलाई पूर्ति गर्न आवश्यक रहेको बताए । उनले व्यवसायलाई नियमन गर्ने, विज्ञापन क्षेत्रको बढोत्तर गर्ने, विज्ञापन व्यवसायलाई परिष्कृत गर्ने र उन्नत स्तरको विज्ञापन क्षेत्र बनाउन बोर्डले आवश्यक भुमिका खेल्नुपर्ने बताए । उनले विज्ञापन बोर्डले आफ्ना पूर्वाधार निर्माण गरी व्यवसायीहरुसँग मिलेर अघि बढ्नुपर्ने बताए । उनले विज्ञापनमा विज्ञापन बोर्ड प्रत्यक्ष सहभागी बन्नु नहुने बताए ।

    उनले भने, ‘म मन्त्रालयका सचिव ज्यु हुनुहुन्छ, उहाँलाई आग्रह गर्दछु, विज्ञापन बोर्डलाई अलि स्वायत्तता बनाइदिनुहोस् । सानोसानो टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दिनुस्, बजेटको केही व्यवस्था गर्दिनुहोस्, विज्ञापन बोर्डका कार्यकारी अध्यक्षज्युले भन्नुहुन्छ हामीसँग बजेट छैन, व्यवसायलाई नियमन गर्ने, विज्ञापन क्षेत्रको बढोत्तर गर्ने, विज्ञापन व्यवसायलाई परिष्कृत गर्ने र यसलाई उन्नत स्तरको विज्ञापन क्षेत्र बनाउने गरी स्थापना भएको विज्ञापन बोर्डले केही पूर्वाधार तयार गरेर काँधमा काँध व्यवसायीहरुसँग मिलाउनु पर्छ । कुनैपनि विज्ञापनमा विज्ञापन बोर्ड प्रत्यक्ष सहभागी बन्नु हुँदैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend