काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एसपीपी र एमसीसी नेपालको हीत विपरित रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउन नहुने बताए । विगतमा सरकारले हचुवामा प्रस्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने उनको भनाई थियो ।
उनले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको बताए । उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा मिले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्याग गर्नुपर्ने बताए ।
उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए । उनले गठबन्धन पद र पैसामा डुब्न नहुने भन्दै नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताए ।
उनले भने, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । सरकारको रबर छाप बनाउनु हुँदैन । सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होाल र ? सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन । हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो । यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ । जंगल मासेर रंगशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थालको प्रस्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन सक्दैनन् ।’