बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् ।
लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् ।
नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १(१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको शपथ लिएकी छिन् । मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुुन उनलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो । त्यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।