logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    1.8K
    Shares
    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    मुख्यमन्त्रीले शपथ लिएसँगै थप दुईजना मन्त्री मङ्गलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नेकपा माओवादी केन्द्र र नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकबाट दुवै दलले आधा/आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend