logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मधेश प्रदेशलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्री यादवको दाबी

    मधेश प्रदेशलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्री यादवको दाबी

    1.3K
    Shares
    मधेश प्रदेशलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्री यादवको दाबी

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पुर्‍याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो ।

    उनले भ्रष्टाचार छानवीनका लागि आफूले ५ सदस्यीय छानवीन समिति गठन गरेको जानकारी गराए । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरेका छन् । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।

    मुख्यमन्त्री यादवले भने, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अव मैले तीन महिना भित्र प्रदेश सरकारका जति कार्यालयहरु छन् । त्यसमा भ्रष्टाचार शुन्य गरिदिन्छु । र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु । पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरुको छानवीन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानवीन समिति गठन गरिदिएको छु । सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु । आवश्यक पर्‍यो भने पुरक बजेट पनि ल्याउन सकिन्छ ।’

    त्यस अवसरमा उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

    मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहे ।

    यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएका छन् ।

    अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend