काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१९ अंकले बढेको छ । यससँगै सूचक २१७५.३० विन्दुमा आएको छ । ९ लाख ७३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२० कम्पनीको २२ सय ३३ कित्ता सेयर कारोबार भएको छ ।
कुल ६२ वटा कारोबार भएको हो । यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।