logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

    1.3K
    Shares
    लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

    रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् । मुख्यमन्त्री गिरीले आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत पाएका हुन् ।

    मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका  र स्वतन्त्र गरि ५७ मत प्राप्त गरे  । उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ  बिश्वासको मत दिएनन् ।

    उनी ५८ जना प्रदेशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर उनले आज ५७ मत प्राप्त गरी विश्वासको मत पाएका छन् । विश्वासको मत दिने बेलामा माओवादीका एक जना सांसद अनुपस्थित भएका थिए ।

    ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत पाएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend