सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिँदैछन्। शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ।
आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गर्ने छ ।
हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। यद्यपि दुईजना विना विभागीय मन्त्रीको रूपमा विनोदकुमार शाह र मंगल शाही नियुक्त भएका छन्।