logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं : अध्यक्ष ओली

    हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं : अध्यक्ष ओली

    1.7K
    Shares
    हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो–चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।

    एमालको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले भने, ‘दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’

    उनले अघि भने, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्‍याएर उनीहरुका जायच चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’्

    उनले एमाले तनावरहित छिमेक सम्बन्धको पक्षमा रहेको पनि बताए । ‘राष्ट्रहित, सीमा समस्या, प्राकृतिक श्रोतहरुलाई राष्ट्रहितमा सञ्चालन गर्नसक्ने अवस्थाको पक्षमा हामी छौं’, ओलीको भनाइ छ ।  अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend